नेम्वाङको निधनप्रति आयोगद्वारा गहिरो दुःख व्यक्त
काठमाडौँ । एमाले उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ । नेम्वाङले वि. सं. २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आयोगले विज्ञप्तिमार्फत स्मरण गरेको छ ।
‘विधिको शासन, लोकतन्त्र र मानव अधिकारप्रति सदैव प्रतिबद्ध रही राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, ऐन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका नेम्वाङ सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयप्रति सदैव चिन्तित हुनुहुन्थ्यो । नेम्वाङले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र यस आयोगको संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
यस दुःखद् घडीमा आयोग स्वर्गीय नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
यसअघि समाचारमा एमाले उपाध्यक्ष हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । साथै फोटोपनि सच्याइएको छ-सं
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण