मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङको निधनप्रति आयोगद्वारा गहिरो दुःख व्यक्त

मङ्गलबार, २६ भदौ २०८०, १२ : ३३
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । एमाले उपाध्यक्ष एवम् संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको ७१ वर्षको उमेरमा गएराति भएको निधनप्रति राष्ट्रिय मानव अधिकार आयोग गहिरो दुःख व्यक्त गरेको छ ।   नेम्वाङले वि. सं. २०६४ र २०७० सालमा सम्पन्न संविधानसभाको निर्वाचनपश्चात् संविधानसभाको अध्यक्षको रुपमा रही नेपालको संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आयोगले विज्ञप्तिमार्फत स्मरण गरेको छ । 

‘विधिको शासन, लोकतन्त्र र मानव अधिकारप्रति सदैव प्रतिबद्ध रही राष्ट्रिय मानव अधिकार आयोगको स्थापना, ऐन निर्माण र संशोधनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका नेम्वाङ सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउने विषयप्रति सदैव चिन्तित हुनुहुन्थ्यो । नेम्वाङले मानव अधिकारको संरक्षण, सम्बद्र्धन र यस आयोगको संस्थागत सुदृढीकरणमा पुर्याउनुभएको योगदानको आयोग कदर गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

यस दुःखद् घडीमा  आयोग स्वर्गीय नेम्वाङको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेको छ । 

यसअघि समाचारमा एमाले उपाध्यक्ष हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । साथै फोटोपनि सच्याइएको छ-सं
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप