आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रकाश सपुतले सच्याए गीत ‘जाली रुमाल फाट्यो’

मङ्गलबार, २६ भदौ २०८०, १२ : ४५
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो’मा रहेको ‘भद्दा’ संवाद हटाएर गति सच्याएका छन् । गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा  खड्का बीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिएपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् ।

प्रायः गीत ‘कन्ट्रोभर्सी’मा पार्दै आएका सपूतले यो गीतमा पनि त्यसैका लागि ‘भद्दा’ शब्द राखेको आरोप लागेको थियो । गीत सच्याएर उनले विवादलाई किनारा लगाउने प्रयास गरेका हुन् ।

गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत समाचार तयार गर्दासम्म युट्युबको नम्बर १ ट्रेन्डिङमा छ, भने गीतले अहिलेसम्म २८ लाख बढी भ्यूज पाइसकेको छ । गीत तीन दिन अगाडि सार्वजनिक भएको हो ।

दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शक÷स्रोताले गीत निकै रुचाएका छन् । गीतको भिडियोमा सपुत, अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहाडी लगायतको अभिनय छ । अहिले सच्याइएको भिडियोमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप