प्रकाश सपुतले सच्याए गीत ‘जाली रुमाल फाट्यो’
काठमाडौँ । गायक प्रकाश सपुतले आफ्नो पछिल्लो गीत ‘जाली रुमाल फाट्यो’मा रहेको ‘भद्दा’ संवाद हटाएर गति सच्याएका छन् । गीतको भिडियोको अन्त्यमा सपूत र स्वस्तिमा खड्का बीच रहेको संवाद ‘भद्दा’ भयो भनेर विवाद चर्चिएपछि उनले गीतबाट उक्त संवाद हटाएका हुन् ।
प्रायः गीत ‘कन्ट्रोभर्सी’मा पार्दै आएका सपूतले यो गीतमा पनि त्यसैका लागि ‘भद्दा’ शब्द राखेको आरोप लागेको थियो । गीत सच्याएर उनले विवादलाई किनारा लगाउने प्रयास गरेका हुन् ।
गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत समाचार तयार गर्दासम्म युट्युबको नम्बर १ ट्रेन्डिङमा छ, भने गीतले अहिलेसम्म २८ लाख बढी भ्यूज पाइसकेको छ । गीत तीन दिन अगाडि सार्वजनिक भएको हो ।
दुई वर्षअघि ल्याएको ‘कुरा बुज्नु पर्च’ को सिक्वेलका रूपमा सपूतले यो गीत ल्याएका हुन् । दर्शक÷स्रोताले गीत निकै रुचाएका छन् । गीतको भिडियोमा सपुत, अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, गौरव पहाडी लगायतको अभिनय छ । अहिले सच्याइएको भिडियोमा खड्कालाई प्याड दिएको दृष्य छ, तर त्यसपछिको संवाद हटाइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण