बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
द बिगेस्ट शो अफ नेपाल 'नाडा अटो शो, २०२३' सुरु

द बिगेस्ट शो अफ नेपाल 'नाडा अटो शो, २०२३' सुरु

मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । सवारी साधनको कुम्भ मेला 'नाडा अटो शो, २०२३' मंगलबारदेखि राजधानीमा सुरु भएको छ । १५ औँ संस्करणको अटो शोको अर्थमन्त्री डा.प्रकाशशरण महतले उद्घाटन गरेका हुन् ।

कोभिड–१९ पछि तीन वर्षको अन्तरालमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल अटो शोको आयोजना गर्न लागेको हो । उक्त अटो शोमा चार पाङ्ग्रे, दुई पाङ्ग्रे सवारी ब्राण्डसहित अन्य अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट तथा स्पेयर पार्टस्सहित १२० स्टल रहने आयोजक नाडाले जनाएको छ । जसमा ९ वटा बैंक तथा वित्तीय संस्थाहरुको समेत सहभागिता रहनेछ ।

प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पुर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवं वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत रहनेछन् । जसमध्ये १६ वटा ब्राण्डका चार पाङग्रे, २२ वटा ब्राण्डका दुई पाङग्रे, ७ वटा ब्राण्डका लाइट कमर्सियल भेहिकल, ९ वटा बैंक तथा वित्तीय संस्था र ३० वटा लुब्रिकेन्ट, टायर, ब्याटरी, पार्ट–पुर्जा एवं ग्यारेज उपकरण कम्पनीहरुको सहभागिता रहेको छ । 

भदौ २६ देखि ३१ गतेसम्म ६ दिन चल्ने अटो शोमा ७५ हजार भन्दा बढी अवलोकनकर्ताहरूले शोको अवलोकन गर्ने र २० अर्ब रुपैयाँ बढीको व्यापार हुने नाडाको भनाइ छ । 

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा आयोजना हुने अटो शोको अवलोकनकर्ताका लागि प्रतिव्यक्ति २ सय रुपैयाँ र विद्यार्थीका लागि १५० रुपैयाँ शुल्क तोकिएको छ । 

प्रदर्शनीमार्गको सवारी चाप, पार्किङ व्यवस्थापनका लागि पहिलो पटक नाडाले सटल बसको व्यवस्था गरेको छ । दुई पाङ्ग्रे सवारीका लागि भृकुटीमण्डपमा व्यवस्था गरिएको छ भने चार पाङ्ग्रे सवारीका लागि प्रदर्शनीमार्ग बाहिरको तीन वटा स्थानमा व्यवस्था गरिएको र निःशुल्क सटल बसको व्यवस्था गरिएको आयोजक नाडाले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया