शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

विकास र समृद्धिको बाटोमा नहिँडे जनता व्यवस्थाको विरुद्धमा उभिन सक्छन् : मन्त्री श्रेष्ठ

मङ्गलबार, २६ भदौ २०८०, १५ : ५८
मङ्गलबार, २६ भदौ २०८०

सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विकास र समृद्धिको बाटोमा तीव्र गतिले लाग्नुपर्ने बताएका छन् । 

मंगलबार सिन्धुली उद्योग वाणिज्य संघको ३३ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तीव्र गतिमा लाग्नुपर्ने बताएका हुन् । उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताए । उनले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तीव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए । उनले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने बताए । 

मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपिल समेत गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप