विकास र समृद्धिको बाटोमा नहिँडे जनता व्यवस्थाको विरुद्धमा उभिन सक्छन् : मन्त्री श्रेष्ठ
सिन्धुली । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले विकास र समृद्धिको बाटोमा तीव्र गतिले लाग्नुपर्ने बताएका छन् ।
मंगलबार सिन्धुली उद्योग वाणिज्य संघको ३३ औं साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीनै तहको सरकार विकास र समृद्धिको बाटोमा तीव्र गतिमा लाग्नुपर्ने बताएका हुन् । उनले सरकार विकास र समृद्धिको बाटोमा नलागे जनताहरु वर्तमान राजनीतिक व्यवस्थाको विरुद्धमा उभिनसक्ने खतरा रहेको बताए । उनले गणतन्त्रको स्थापना नेपाली इतिहासकै सबैभन्दा ठूलो उपलब्धि रहेको भन्दै सो उपलब्धिको जगमा टेकेर तीव्र आर्थिक तथा सामाजिक रुपान्तरणमा लाग्नुपर्ने बताए । उनले देशलाई समृद्ध बनाउनका लागि सबै एकताबद्ध हुनुपर्ने बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्न चाहेको उल्लेख गर्दै सहकार्यका लागि निजी क्षेत्रलाई अपिल समेत गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सिन्धुली जिल्लाको समग्र विकासका लागि कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण