नेम्वाङ नेपाली राजनीतिमा सहमति र समझदारीको हिमायती हुनुहुन्थ्यो : माधव नेपाल
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवास नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रुपमा चित्रण गरेका छन् ।
अध्यक्ष नेपालले उनले संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरुबीच सहमति र सहकार्यको माध्यामबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको समेत बताए ।
एमाले उपाध्यक्ष समेत रहेका संविधान सभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ उनलाई नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महानहस्ती भएको बताए । कुनैपनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैँभरि लागि रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको पनि बताए । उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रुपमा पनि स्मरण गरे ।
अध्यक्ष नेपालले संविधान निर्माणमा मात्रै नभई त्यसको कार्यान्वयनमा पनि नेम्वाङको सधैभरि जोड दिएको भन्दै उनले सो कार्यलाई पूर्णता दिने काममा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण