आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

एकदिवसीयमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय बने रोहित

मङ्गलबार, २६ भदौ २०८०, १६ : ४८
मङ्गलबार, २६ भदौ २०८०

कोलम्बो । एसिया कपमा मंगलबार श्रीलंकाविरुद्ध ब्याटिङ गर्दै रोहित शर्माले नयाँ कीर्तिमान बनाएका छन् । रोहित शर्मा अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा १० हजारभन्दा बढी रन बनाउने छैटौँ भारतीय ब्याट्सम्यान बनेका हुन् ।

विश्वमा १० हजारभन्दा बढी रन बनाउने १४ ब्याट्सम्यान मात्र छन् । रोहित शर्मा यस्तो गर्ने १५ औँ ब्याट्सम्यान हुन् । भारतीय ब्याट्सम्यानमा सचिन तेन्दुलकर, विराट कोहली, सौरभ गांगुली, राहुल द्रविड र महेन्द्र सिंह धोनीले १० हजारभन्दा बढी रन बनाएका छन् । खेलमा शर्मा ५३ रन बनाएर आउट भए । यस क्रममा उनले ६ चौका र ३ छक्का हिर्काए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप