बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

२१ लाख ९९ हजार रुपैयाँमै टाटा टियागो ईभी उपलब्ध

मङ्गलबार, २६ भदौ २०८०, १७ : २६
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । टाटा मोटर्सले सर्वाधिक सस्तो ईभी मोडल टियागो सार्वजनिक गरेको छ । नाडा अटो शो, २०२३ को अवसरमा कम्पनीले २१ लाख ९९ हजार रुपैयाँमा नै टाटा टियागो सार्वजनिक गरेको हो । 

अटो शोको उद्घाटनको अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महतले ईभी टियागो सार्वजनिक गरेका हुन् । 

टियागो ईभीको मूल्य २१ लाख ९९ हजारदेखि २७ लाख ९९ हजार रुपैयाँसम्म निर्धारण गरिएको कम्पनीले जनाएको छ । योसँगै टियागो ईभी टाटको सबैभन्दा कम मूल्यको कार भएको छ ।

डिसी चार्जर सपोर्टमा उपलब्ध टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री उपलब्ध छ । उक्त ईभीलाई सामान्य घरायसी बिजुलीमा सानो चार्जरको प्रयोग गर्दा फुल चार्ज हुन ८ घन्टा लाग्ने छ । त्यही डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ ।

टाटा टियागोमा ५० किलोवाट क्षमताको मोटरमा प्रयोग गरिएको छ । यसको अधिकतम पावर ६९ पीएस र टर्क १७० न्यूटन मिटर रहेको छ ।

एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको टियागो फिचर लोडेड छ । 

टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप