सीबीडीसीलाई चरणबद्ध रूपमा सुरु गरिनेछ : गभर्नर अधिकारी
मङ्गलबार, २६ भदौ २०८०, १७ : ४८
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेन्ट्रल बैंक डिजिटल करेन्सी (सीबीडीसी)लाई चरणबद्धरुपमा सुरु गरिने बताएका छन् । गभर्नर अधिकारीले ग्लोबल फिनटेक फेस्टलाई सम्बोधन गर्दै सीबीडीसीलाई अघि बढाउने बताएका हुन् ।
‘सीबीडीसीको सुरुवात विभिन्न निकाय जस्तै केन्द्रीय बैंङ्कहरू, सरकारी निकायहरू, वित्तीय संस्थान, बैंङ्कहरू, प्रविधि कम्पनीको सहभागीतामा हुन्छ,’ अधिकारीले भने, ‘यस्तै, यसमा सर्वसाधारणको सहभागिता समेत आवश्यक पर्न सक्छ ।’
गभर्नर अधिकारीले सरकारको प्राथमिकतामा डिजिटल अर्थतन्त्रलाई राखेको समेत बताए । सोही योजनाअनुसार केन्द्रीय बैंकले आफ्नो डिजिटल नेपाल लक्ष्य तयार गरेको उनको भनाई छ । यसै सिलसिलामा भारतको रूपे कार्डको हाराहारीमा नेपालको पे कार्ड जारी गर्ने प्रक्रिया अघि बढेको समेत अधिकारीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण