म्यानेजर हटाएपछि जर्मनीले फ्रान्सलाई हरायो
बुधबार, २७ भदौ २०८०, ०६ : ५१
डर्टमण्ड । म्यानेजर हान्सी फ्लीकलाई बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई हराएको छ ।
शनिबार जापानसँग ४–१ गोलले पराजित भएपछि जर्मनीले फ्लीकलाई बर्खास्त गरेको थियो । उनको स्थानमा पूर्व स्ट्राइकर रुडी भोलरले अन्तरिम रूपमा नेतृत्व सम्हालिरहेका छन् ।
मंगलबारको खेलमा जर्मनीले सुरुवातमा नै अग्रता लियो । थोमस मुलरले चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ८७ औँ मिनेटमा लेरोय सानेले गोल गर्दै अग्रता दोब्बर बनाए ।
तर, लगत्तै फ्रान्सले पेनाल्टी पायो । जसलाई एन्टोनी ग्रिजमानले सजिलै गोलमा परिणत गरे । त्यसपछि कुनै गोल हुन सकेन र सन् २०२२ को विश्वकप फाइनलपछि फ्रान्स पहिलोपटक पराजित हुन पुग्यो । यता सन् २०२३ मा खेलिएका सात खेलमा जर्मनीको यो मात्र दोस्रो जीत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण