म्यानेजर हटाएपछि जर्मनीले फ्रान्सलाई हरायो
बुधबार, २७ भदौ २०८०, ०६ : ५१

डर्टमण्ड । म्यानेजर हान्सी फ्लीकलाई बर्खास्त गरेपछिको पहिलो खेलमा जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई हराएको छ ।
शनिबार जापानसँग ४–१ गोलले पराजित भएपछि जर्मनीले फ्लीकलाई बर्खास्त गरेको थियो । उनको स्थानमा पूर्व स्ट्राइकर रुडी भोलरले अन्तरिम रूपमा नेतृत्व सम्हालिरहेका छन् ।
मंगलबारको खेलमा जर्मनीले सुरुवातमा नै अग्रता लियो । थोमस मुलरले चौथो मिनेटमा टोलीलाई अग्रता दिलाए । दोस्रो हाफको ८७ औँ मिनेटमा लेरोय सानेले गोल गर्दै अग्रता दोब्बर बनाए ।
तर, लगत्तै फ्रान्सले पेनाल्टी पायो । जसलाई एन्टोनी ग्रिजमानले सजिलै गोलमा परिणत गरे । त्यसपछि कुनै गोल हुन सकेन र सन् २०२२ को विश्वकप फाइनलपछि फ्रान्स पहिलोपटक पराजित हुन पुग्यो । यता सन् २०२३ मा खेलिएका सात खेलमा जर्मनीको यो मात्र दोस्रो जीत हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
नदी कटान रोकथाम गर्न सिङ्गा तातोपानीमा ‘कम्पोजिट’ पर्खाल
-
लोकप्रियतावादतिर लाग्दिनँ भन्दै अर्थमन्त्रीले बजेटबारे गरेका पाँच संकेत
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय