नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि दिउँसो एक बजेसम्म पार्टी कार्यालयमा राखिने
बुधबार, २७ भदौ २०८०, ०८ : २८
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमै राखिने भएको छ । उनको पार्थिव शरीरमा आज बिहान ९ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म श्रद्धाञ्जली व्यक्त गर्नका लागि च्यासलमै व्यवस्था मिलाइएको छ ।
एमाले प्रचार विभाग सचिव गगन विष्टका अनुसार नेम्वाङको पार्थिव शरीर दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने भएको छ । त्यहाँ नेम्वाङप्रति उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ । विदेशबाट छोराहरू आइसकेपछि उनको अन्त्येष्टि बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ ।
एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीका आधा झण्डा झुकाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण