विश्वकप छनोट फुटबल : अन्तिम समयमा गोल गर्दै ब्राजिलले थप तीन अंक बटुल्यो
काठमाडौँ । विश्वकप छनोट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न खेलमा ब्राजिलले पेरुमाथि १—० गोलको प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । खेलको प्रारम्भदेखि नै घरेलु टोली पेरुले ब्राजिललाई चर्को दबाबमा राखेको थियो ।
पाँच पटकको विश्वकप विजेता ब्राजिलले खेलको अन्तिम समयमा गोल गर्दै तीन अंक हात पारेको हो । ब्राजिलका लागि मारक्विनहसले निर्णायक गोल गरेका थिए । २९ वर्षीय मारक्विनहसले निर्धारित समयको अन्तिम समयमा टोलीका लागि गोल गरेका हुन् । उनले स्टार खेलाडी नेमारको पासमा गोल गरेका हुन् ।
दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा ब्राजिलको यो लगातार दोस्रो जित हो । ब्राजिल ६ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । अर्जेन्टिनाले पनि दुबै खेलमा जित हात पारेर ६ अंक बटुलेको छ ।
गोलअन्तरका आधारमा अर्जेन्टिना तालिकाको दोस्रो स्थानम छ । अर्जेन्टिनाले भने बुधबार आफ्नो दोस्रो खेलमा बोलिभियामाथि ३—० गोलको सजिलो जित हासिल गरेको थियो । अर्जेन्टिना विश्वकप फुटबलो साविक विजेता राष्ट्र पनि हो ।
दुई खेल खेलेको कोलम्बिया एक जित र एक बराबरीको नतिजासहित तालिकाको तेस्रो स्थानमा छ । एक जित र एक हारको नतिजा निकालेको उरुग्वे तीन अंकसहित तालिकाको चौथो स्थानमा छ । तीन अंकसहित भेनेजुएला पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण