मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

विवाहको दिन बेहुला भाग्दा ससुराले गरे बेहुलीसँग बिहे

बुधबार, २७ भदौ २०८०, ११ : २९
बुधबार, २७ भदौ २०८०

विवाहको दिन बेहुला भाग्दा उनका बुवाले नयाँ बेहुलीको जिम्मेवारी उठाएका छन् । विवाहका लागि बनाएको योजना खेर नजाओस् र खर्चमा घाटा नलागोस् भनेर यस्तो कदम उठाइएको बताइएको छ । 

एक इन्डोनेसिया ली महिला विवाह बन्धनमा बान्दिँदै थिइन् तर विवाहको दिन बेहुला नै भागिदिए । इन्डोनेसिया ली समाचार माध्यमले ती महिलाको नाम एसए मात्रै लेखेका छन् । उनी इन्डोनेसियाको दक्षिण हाल्माहेरास्थित जिकोटामो गाउँकी बासिन्दा हुन् । विवाहको दिन भागेका बेहुलासँग उनी लामो समयदेखि प्रेम सम्बन्धमा थिइन् । विवाह अगस्ट २९ मा हुने निश्चित भयो तर विवाहको दिन बेहुला भइदिए फरार । विवाहका लागि केही रकम खर्च भइसकेको थियो, दाइजो पात भइसकेको थियो त्यसैले विवाह रद्द हुने कुरा दुवैको परिवारलाई मान्य भएन । त्यसैले बेहुलाको बुवा अघि बढे र एसएलाई विवाह गरे । 

Captureयो विवाहको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । बेहुला र बेहुलीका बुवा यो अचम्मको विवाहमा सरिक भइरहेको देख्न सकिन्छ । बेहुलाका बुवा खासमा आफैँ बेहुला भइरहेका थिए ।

‘विवाहमा पाहुनाहरू आइसकेका थिए । त्यसपछि बेहुलाका परिवारले आफ्नो छोरा गायब भएको र कतै भेट्न नसकेको जानकारी दिए,’ बेहुलीका दाइ विस्टो अहमदले पत्रकारसँगको कुराकानीमा भने । उनले बेहुलाका बुवाले एसएलाई विवाह गरेको पुष्टि पनि गरे ।

बेहुला हराउँदा बेहुलीको परिवारलाई धक्का नलागेको होइन तर विवाहका लागि भनेर  १७ सय डलर (२ लाख २४ हजार रुपैयाँ) खर्च भइसकेको थियो । खासमा यही नै मुख्य चिन्ता थियो । विवाह रद्द गर्दा यो पैसा पनि माया मार्नुपर्दथ्यो, त्यसो गर्न नसकिने भएर बेहुलाको बुवाले नै एसएलाई विवाह गरेको अडिटी सेन्ट्रलले बताएको छ ।

यो अचम्मको विवाहमा मानिसहरूले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । कतिले अवस्थाले मजाक उडाइरहेका छन् भने कतिले बेहुलीको भाग्यमा दुःख मनाएका छन् । 

‘मेरो बुवाकी श्रीमती मेरी पूर्व प्रेमिका हुन्,’ बेलुकाले आफ्नी नयाँ सौतेनी आमालाई यसरी व्याख्या गर्छन् होला भनेर एक जनाले कमेन्ट गरे । 

‘२ लाख २४ हजार घाटा ? तपाईंकी छोरी नचाहेको विवाहमा जीवनभर फस्नेछिन्’, एक जनाले बेहुलीको परिवारका लागि लेखिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप