तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्छन् : सीआईबी
बुधबार, २७ भदौ २०८०, १२ : ०२
काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो तस्करीको सुन प्रकरणमा अझै केही व्यक्ति पक्राउ पर्न सक्ने जनाएको छ ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा सीआईबी प्रमुख किरण बज्राचार्यले तस्करीको सुन प्रकरणमा अझै अनुसन्धान पुरा नभइसकेकाले थप व्यक्तिहरू पक्राउ पर्न सक्ने बताइन् । ‘अनुसन्धान पुरा भैसकेको छैन । अझै थप व्यक्तिहरू पक्राउ पर्न सक्छन् र पूरक अनुसन्धान जानेछ’, उनले भनिन्, ‘त्यसवेला जोकोही पनि अनुसन्धानको दायरामा आउने विश्वास गरेको छु ।’
साउन २ गते राजश्व अनुसन्धान विभागले त्रिवि भन्सार कार्यालय अगाडि एक ट्याक्सीबाट बाहिरिँदै गरेको सुन बरामद गरेको थियो । सो सुन पहिला राजश्व र पछि सीआईबीले अनुसन्धान गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण