बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङका दुवै छोराले दिए दिवंगत बुवालाई श्रद्धाञ्जली

बुधबार, २७ भदौ २०८०, १४ : ०१
बुधबार, २७ भदौ २०८०

काठमाडौँ । सविंधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष स्व.सुवास नेम्वाङका दुवै छोरा नेपाल आइपुगेका छन् । नेपाल आएलगत्तै एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर उनीहरूले बुबाको मुख हेरी पार्थिव शरीरमा श्रद्धाञ्जली अपर्ण गरेका छन् । 

स्वर्गीय नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट बुधबार आइपुगेका हुन् । त्यस्तै, कान्छा छोरा सुहाङ पनि अस्ट्रेलियाबाट आइपुगेर दिवंगत बुबालाई श्रद्धाञ्जली अपर्ण गरेका हुन् ।

उनीहरुले श्रद्धाञ्जली दिएपछि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवास लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप