रातोपाटी संवाददाता धामीलाई विप्लव निकट विद्यार्थी संगठनको धम्की, महासंघको आपत्ति
काठमाडौँ । रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको विद्यार्थी संगठनले रातोपाटी र रातोपाटीमा कार्यरत पत्रकार कृष्णसिंंह धामीलाई धम्की दिएको थियो । उक्त धम्कीप्रति आपत्ति जनाउँदै महासंघले विरोध जनाएको हो ।
महासंघका महासचिव रोसन पुरीले विज्ञप्ती जारी गर्दै रातोपाटी अनलाइनमा प्रकाशित समाचारको विषयलाई लिएर रातोपाटी अनलाइन र सो समाचार लेख्ने पत्रकारलाई सजाय दिने भनी दिएको धम्कीप्रति ध्यानाकर्षण भएको जनाए । ‘अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सी बाट विज्ञप्ति जारी गरिएको विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।’ महसंघले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
भदौं २५ गते त्रिविमा मापदण्ड नै नपुगेका कलेजलाई विषयगत स्वीकृति शीर्षकमा समाचार प्रकाशित गरिएको थियो । उक्त समाचारमा विषयगत स्वीकृतिका लागि विप्लवले समेत दबाब दिएको भन्दै समाचार प्रकाशित गरिएको थियो । उक्त समाचारप्रति आपत्ति जनाउँदै रातोपाटी र पत्रकार धामीलाई धम्की दिएका थिए ।
‘समाचारको विषयलाई लिएर विद्यार्थी संगठनले पत्रकार कृष्णसिंह धामी र रातोपाटी अनलाइनको नाम किटान गरी २०८० भाद्र २६ गते मंगलबार चेतावनीपूर्ण विज्ञप्ति जारी गरेको थियो । संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो भए त्यसको कानुनी उपचार खोज्न सकिने वा प्रेस काउन्सिलमा उजुरी गर्न सकिने प्रचलित प्रावधान छ । त्यसलाई नजरअन्दाज गर्दै सञ्चारमाध्यम र पत्रकारलाई सार्वजनिक रूपमा धम्क्याउने कार्य अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो । महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेसविरोधी यस्ता हर्कत नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण