‘शिक्षकहरूलाई फेल गराएर घर पठाउने नियतका साथ शिक्षा विधेयक ल्याइयो’
काठमाडौँ । संसदमा दर्ता भएको ‘विद्यालय शिक्षा ऐन २०८०’ को विधेयकप्रति राहत शिक्षकहरूले आपत्ति जनाएका छन् । उनीहरूले लामो समयदेखि राहत कोटामा मार्फत काम गर्दै आएका ४० हजार शिक्षकमाथि अन्याय भएको भन्दै उनीहरूले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
परीक्षाको नाममा फेल गराएर शिक्षकहरूलाई घर पठाउने षड्यन्त्र गर्न लागिएको भन्दै सडक र सदनमा आन्दोलन थालिने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले बताए । ४० हजार राहत शिक्षकहरूलाई घर पठाउने षडयन्त्र भइरहेको र त्यसैका विरुद्धमा आन्दोलनको विकल्प नरहेको उनको भनाइ छ ।
विगत लामो समयदेखि सामुदायिक विद्यालयमा राहत शिक्षकहरू कार्यरत रहेको र उनीहरूको व्यवस्थापनको नाममा घर फिर्ता पठाउने खेल भइरहेको बताए । अहिलेको विद्यालय शिक्षा ऐनको विधेयकमा ५० प्रतिशत आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने छ ।
बाँकी ५० प्रतिशतलाई खुला प्रतिस्पर्धामार्फत स्थायी गराउने भन्ने प्रस्तावित विधेयकमा छ । ‘यत्रो वर्ष काम गरेका साथीहरूलाई घर पठाउने खेल देखिएको छ । गोल्डेन हेण्डसेक भनेको हामीलाई फेल गराएर घर पठाउने रणनीति हो’ उनले भने ।
माग सम्बोधनका लागि सडक र सदन आन्दोलन सँगसँगै अगाडि बढाउने नउको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण