बागमती प्रदेश नीति आयोगको सदस्यमा मैनाली नियुक्त
मकवानपुर । बागमती प्रदेश नीति तथा योजना आयोगमा थप एक सदस्य नियुक्त भएका छन् । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखा कालिञ्चोकका डा. प्रदीप कुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगमा यसअघि ३ जना सदस्य नियुक्त भइसकेका छन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले प्रदेशसभा सचिवालयको सचिवमा एघारौँ तहका पूर्णबहादुर दर्जीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले जानकारी दिए । प्रदेश शिक्षा निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा रहेका दर्जीलाई प्रदेश निजामती सेवा ऐन २०७९ अनुसार सचिवालयको सचिवको जिम्मेवारी दिने गरी सरुवा गरेको हो ।
मन्त्री श्रेष्ठमा अनुसार यसअघि नै निजामती सेवा ऐन कार्यान्वयन गर्दै सरकारले प्रदेशका ४ जना कर्मचारीलाई सचिव पदमा बढुवा गरेको थियो । बढुवा गरिएका ४ मध्ये प्रदेशसभा सचिवालयमा कार्यरत चन्द्रप्रसाद लुइँटेल सेवा अवधि पुरा गरी गत भदौ १८ मा सेवा निवृत्त भएका थिए । सचिवालयको उक्त रिक्त पदमा निर्देशनालयका दर्जीलाई खटाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको उनले बताए ।
मन्त्रिपरिषद् बैठकले प्रदेश कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ भने संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको मन्त्री श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जितसँगै लिभरपुलमा नयाँ प्रशिक्षक इराओलाको यात्रा सुरु
-
व्यवसायी दीपक भट्टको निवेदनमा सर्वोच्चले मगायो कैफियत प्रतिवेदन
-
डिओमान्डे र रियलबिच सम्झौता तय, पीएसजी प्रतिस्पर्धाबाट बाहिरियो
-
विश्वकै सबैभन्दा वृद्ध व्यावसायिक फुटबलर ‘किंग काजु’ को कीर्तिमान, ५९ वर्षको उमेरमा गोल
-
लुम्बिनीमा कांग्रेस ‘पर्ख र हेर’को अवस्थामा, मन्त्रीहरूको राजीनामा 'होल्ड'
-
चन्द्रागिरीबाट ‘तीन तीघ्रे क्या बिग्रे’ को छायाङ्कन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण