भियतनाम : आगलागीमा ५६ जनाको मृत्यु भएको प्रहरीद्वारा पुष्टि
बुधबार, २७ भदौ २०८०, २२ : ४२
हनोई । भियतनामको राजधानी हनोईस्थित एक आवासीय भवनमा आगलागी हुँदा ५६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ ।
भियतनामको २० वर्षयताकै सबैभन्दा घातक आगलागी स्थानीय समयअनुसार मङ्गलबार मध्यरातअघि १० तले भवनको पार्किङ फ्लोरमा भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
हनोई प्रहरीविभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।” मृत्यु हुनेमा कम्तीमा तीन जना बालबालिका रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
आगो नियन्त्रण सम्बन्धी नियम उल्लङ्घन गरेको आरोपमा अपार्टमेन्टका मालिकलाई पक्राउ गरिएको हनोई प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण