आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

यस्तो छ हङकङदेखि नेपालसम्म सुन तस्करीको जालो

बिहीबार, २८ भदौ २०८०, ०९ : ५१
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । ६० किलो सुन तस्करी प्रकरणमा जुटेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी प्रकरणमा हङकङदेखि नेपालमा के कसरी तस्करी हुन्छ र कहाँ कसको कस्तो संलग्नता रहको छ भनेर लिंकचार्ट तयार पारेको छ । सीआईबीले तयार पारेको लिंकचार्टमा हङकङबाट नेपालको भन्सार कार्यालयसम्मको तरिका र संलग्न व्यक्तिहरुको विवरण समेत तयार गरिएको छ । 

रातोपाटीलाई प्राप्त लिंक चार्ट अनुसार हङकङबाट नेपालमा सुन तस्करी गरी पठाउन चिनियाँ नागरिकहरू मिस्टर लिन र मिस लीसहित अन्य तीनजना संलग्न रहेको पाइएको छ । उनीहरूले विभिन्न सामानको नाममा त्यहाँबाट कार्गोमार्फत नेपालमा सामान पठाउने गरेको पाइएको हो । 

लिन र लीको समूहले हङकङको क्यारिअन ग्लोबल लजिस्टिक लिमिटेड नामक कार्गो कम्पनीमार्फत् सिपर कम्पनीहरु जियाङमेङ फेङतोङ ट्रान्सपोर्ट सर्भिस, तलमुड कम्पनी लिमिटेड र दोङगुयान सुता ट्रान्सपोर्टेसन कम्पनी लिमिटेडमार्फत् नेपालमा सामान पठाउने गरेको पाइएको छ । उताबाट पठाएको सामान नेपालमा भने ट्रान्स ग्लोबल लजिष्टिक लिमिटेडले भन्सार एजेण्टमार्फत बाहिर निकाल्ने गरेको पाइएको छ । 

हङकङबाट आएको सुन रहेको सामानहरु नेपालमा रिसिभ गर्ने र व्यवस्थापन गर्ने समूहमा ९ जना चिनियाँ नागरिक, एकजना तिब्बती मूलका भारतीय नागरिक र दुईजना नेपाली नागरिकहरू रहेको पाइएको छ । 

हङकङबाट आएको सुन व्यवस्थापनका लागि पहिलो तहमा चारजना चिनियाँ नागरिकहरू रहेको पाइएको छ । चिनियाँ नागरिकहरू एलेक्स भन्ने यो पुचेङ, साउतेन भन्ने दिङ सेग फा, स्टेप्स भन्ने ली नेङकाई र अलि भन्ने ली वेन सुङ रहेका छन् । 

यी चार चिनिया नागरिकसँग प्रत्यक्ष जोडिएर काम गर्नेमा भारतीय नागरिक थुप्तेन छिरिङ र नेपाली नागरिकहरू हर्कराज राई र राजेन्द्रकुमार राई रहेका छन् । 

थुप्तेन, हर्कराज राई र राजेन्द्र कुमार राईले भन्सारबाट सामान बुझेपछि चिनियाँ नागरिकहरू झोङ जिङचुवाङ, लिन जी क्याङ, झोङ जियान ह्वा, बिङ र ह्वा रहेका छन् । हर्कराज र राजेन्द्र कुमार राईहरुले भन्सार कार्यालयबाट सामान बुझेपछि लाजिम्पाट वा बालुवाटारमा रहेको गोदामसम्म सामान पु¥याइदिने गरेको पाइएको छ । त्यपछि सुनलाई सामाखुसी, टोखा लगायतको गोदाम र सुन पगाल्ने स्थानसम्म लैजाने गरेको पाइएको छ ।

Gold 001

६० किलो सुन तस्करी प्रकरणमा भने भन्सार एजेण्ट यादव पराजुलीले सामान निकालिदिएको पाइएको छ । यादव पराजुली हुँदै राजेन्द्र कुमार राई, राजेन्द्रबाट हर्कराज राई र हर्कराजबाट थुप्तेन छिरिङसम्म सामान पुग्ने गरेको छ । 

थुप्तेनबाट नै टोखाको गोदाममा रहेका एलेक्स भन्ने यो पुचेङ, साउतेन भन्ने दिङ सेग फा, स्टेप्स भन्ने ली नेङकाई र अलि भन्ने ली वेन सुङ लगायतलाई सामान पुराउने गरेको पाइएको छ । हङकङबाट आउने सुनको नेपालमा रहेका पहिलो तहका तस्करहरु यिनीहरु नै रहेको पाइएको छ । 

त्यस्तै थुप्तेनले नै दोस्रो तहमा रहेका र लाजिम्पाट गोदाम र कारखानाका लागि काम गर्ने अर्को समूह झोङ जिङचुवाङ, लिन जी क्याङ, झोङ जियान ह््वा, बिङ र ह्वालाई सामान दिने गरेको पाइएको छ । 

Gold 003

तस्कर समूहले कार्य विभाजन गर्दा पनि एउटै व्यक्तिलाई एकभन्दा बढी जिम्मेवारी दिएका छैनन् र सकेसम्म एक अर्कालाई चिनजान पनि गराएका छैनन् । उनीहरूले संगठितरुपमै तस्करी गरेको पाइएको छ र कुनै एक वा दुई जना पक्राउ परेमा पनि संगठित अपराधको जालो नतोडिने गरी योजनाaद्धरुपमा काम गरेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप