सुन तस्करी गर्न तस्कर समूहले खडा गरेका थिए ७ वटा नक्कली कम्पनी
काठमाडौँ । हङकङबाट सुन तस्करी गरी नेपाल भित्राउन तस्कर समूहले ७ वटा नक्कली कम्पनी खडा गरेको पाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूराे (सिआइबी)को अनुसन्धानमा ७ वटा नक्कली कम्पनी खडा गरी सुन भित्राएको पाइएको हो ।
सिआइबीको अनुसन्धानमा टासी भन्ने थुप्तेङ छिरिङले हर्कराज राईमार्फत विभिन्न व्यक्तिका नाममा नक्कली कम्पनीहरू दर्ता गराई अन्य सामानको नाममा सुन आयात गरेको पाइएको हो ।
सुन तस्करी गिरोहमा संलग्न हर्कराज राईले दिलीप भुजेल, कुमार भुजेल, रामकुमार भुजेल, विकुन्द्र भुजेल, राम बहादुर भुजेल, सरिता तामाङ र लेखनाथ कार्कीको नाममा डमी कम्पनी खडा गरेको पाइएको हो ।
हङकङ लगायतका देशबाट आयात गरिएका सामानहरू राख्ने प्रयोजनका लागि ७ मध्ये ६ वटा कम्पनीको सटर समेत भाडामा लिई त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट प्राप्त भएको सामान राख्ने गरेको पाइएको हो ।
सिआइबी स्रोतका अनुसार हर्कराज राईको समन्वयमा दिलीप भुजेलको नाममा रेडी ट्रेड प्रालि नामक कम्पनी स्थापना गरी बालुवाटारमा सटर लिएर राखिएको छ । त्यसैगरी कुमार भुजेलको नाममा हावडा इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिको नाममा कम्पनी स्थापना गरी सामाखुसीमा गोदाम राखिएको थियो ।
त्यस्तै रामकुमार भुजेलको नाममा भुजेल इन्टरप्राइजेज प्रालि नामक कम्पनी स्थापना गरी चाबहिलमा सटर स्थापना गरिएको थियो । त्यस्तै बिकुन्द्र भुजेलको नाममा दोलखा इलेक्ट्रोनिक्स सप्लायर्स नामक कम्पनी स्थापना गरी लाजिम्पाटमा गोदाम स्थापना गरिएको पाइएको छ ।
राम बहादुर भुजेलको नाममा पवटी इलेक्ट्रोनिक्स सप्लायर्स प्रालिको नाममा कम्पनी खोलेर बाँसबारीमा गोदाम खोलेको भेटिएको छ भने लेखनाथ कार्कीको नाममा छुङ्गक इलेक्ट्रोनिक्स सप्लायर्स प्रालि नामक कम्पनी स्थापना गरेर बुढानीलकण्ठमा गोदाम स्थापना गरिएको पाइएको छ । सरिता तामाङको नामबाट स्थापना गरिएको सरिता सप्लायर्सले भने अहिले कुनै काम नगरेको भेटिएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
तिब्बती मूलका भारतीय नागरिक थुप्तेन छिरिङको योजनामा कुनै समय भन्सार एजेन्टको सहयोगीका रूपमा काम गरेका हर्कराज राईले विभिन्न व्यक्तिहरू खोजेर उनीहरूका नाममा कम्पनी खडा गराएका थिए । कम्पनी खडा गर्ने व्यक्तिहरूलाई १५ देखि ४० हजार रुपैयाँसम्म रकम दिइएको पाइएको छ ।
कम्पनी स्थापना गर्दा ज–जसका नाममा स्थापना भए पनि सामान आयात गर्ने, बैङ्क खाता खोल्ने, चलाउने लगायतका काम भने सुन तस्करीमा संलग्न गिरोहहरूले नै गर्ने गरेको पाइएको छ । यो समूहले भेपमा लुकाएर ल्याएको ९ किलो सुन तस्करीमा संलग्न गिरोहकै सदस्यसँग काम गरेको समेत पाइएको छ ।
यो समूहका लागि चिनिया नागरिकहरू लिन, लि, चिनपेङ योङचिन, दाओजिङ वाङ, झोङ लगायतका व्यक्तिका लागि काम गर्ने गरेको अनुसन्धानबाट देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण