शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

संघको उपाध्यक्षमा उपमहासचिव सिम्खडाको उम्मेदवारी

बिहीबार, २८ भदौ २०८०, १० : ५६
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा आफ्नो उम्मेदवारी उपाध्यक्षमा रहने सिम्खडाले जानकारी दिए । 

सिम्खडा हाल संघको उपमहासचिवको हैसियतमा रहेका छन् भने संघमा उनलाई बलियो साङ्गठनिक पकड भएका अभियन्ताका रूपमा चिनिन्छ । 

सन् २००१ देखि बेलायत बस्दै आएका उनी संघमा स्थापनाकालदेखि नै सक्रिय छन् ।  संघको बेलायतस्थित राष्ट्रिय समन्वय परिषद्को स्थापनामा समेत सक्रिय भूमिका खेलेका सिम्खडा नेपालीले विदेशमा हासिल गरेको ज्ञान, सिप, दक्षता र पुँजीलाई मातृभूमिको समृद्धिका लागि प्रयोग गर्दै नेपालको आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिन्छन् । 

सन २००४ को अन्त्यतिरबाट एनआरएनए युकेको स्थापनासँगै अभियानमा सरिक उनी त्यसयता सक्रियरुपमा लागिरहेका छन् ।  २००५ मा संघको पहिलो विधान मस्यौदा समिति, २०११ मा एनआरएनए युकेको राष्ट्रिय संयोजक, २००७–११, २०१३–१७ यूके सल्लाहकार हुँदै २०१७–१९, २०१९–२१ दुई कार्यकाल आईसीसी सदस्य बनेका उनी विधान समिति सदस्य ३ पटक, उपसंयोजक एक कार्यकाल र केन्द्रीय नीति निर्माण समिति संयोजक, केन्द्रीय परोपकार तथा मानव कल्याण समिति सदस्य सचिव हुँदै उनी हाल केन्द्रीय उपमहासचिव पदमा क्रियाशील रहेका हुन् । 

आफ्नो रुचिको पद महासचिव भए पनि ‘सबै सँग सँगै हिँडौँ’भन्ने अभिलाषाले केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ ।  विधि विधानतः संस्थालाई हिँडाउने र संघको मौलिक पहिचान ‘नेपालमा पर्दा केही गर्ने अठोट’ लाई पुनर्जागृत गराउने स्पष्ट मार्गचित्र सहित केन्द्रीय उपाध्यक्षमा आकांक्षी रहेको उनले बताए । 

 गैरआवासीय नेपाली संघभित्र मौलाउँदै गएको विकृति र स्वार्थको कारण २०२१–२३ को कार्यकालले जम्बो टिम निर्माण गर्नु परेको उनको भनाइ छ । ‘हामीले संस्थालाई शिरदेखि तिरैसम्म २ भागमा फुटाउनु भन्दा आलोचना सहेर भए पनि संस्था दुई चिरा हुन नदिऔँ भनेर बहुपदीय अवधारणामा गयौँ । यसै बिचमा पनि एनआरएनका केही थातिरहेको मुद्धाहरुले यसै कार्यकालमा मुर्तरुप पाएको छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप