दयाहाङ र मिरुनाको ‘नाङ्गो गाउँ’ प्रिमियर
काठमाडौँ । दीपेन्द्र लामा निर्देशित फिल्म ‘नाङ्गो गाउँ’ले प्रिमियममा सकारात्मक प्रतिक्रिया पाएको छ । बुधबार साँझ सितापाइलास्थित सिके मिनेमाज्मा गरिएको प्रिमियममा रंगपत्रकार, कलाकर्मीको सहभागिता रहेको थियो ।
प्रिमियरमा फिल्मका कलाकार अभिनेता दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी आरएल शाह, निर्देशक दीपेन्द्र लामाको अलवा अभिनेता सलोन बस्नेत, निर्देशक दीपाश्री निरौला, नरेश पौडेल, शोभित बस्नेत, निर्माता रोहित अधिकारी, गोमा विष्ट, निर्देशक मधुसुदन भट्टराई, लक्ष्मण सुवेदी, गायक राजेश पायल राय लगायत थुप्रैको उपस्थिति रहेको थियो ।
प्रिमियरमा अधिकांशले फिल्म मन परेको तर अलि श्लो भएको प्रतिक्रिया दिए ।
अभिनेता दिन अगाडि टोरन्टो फिल्म फेस्टिभलमा ‘गाउँ आएको बाटो’ को वर्ल्ड प्रिमियरमा सहभागी दयाहाङ लगत्तै ‘नाङ्गो गाउँ’को प्रिमियममा पुगेका हुन् ।
शुक्रबारबाट देशभर प्रदर्शनको तयारीमा रहेको फिल्म सामाजिक र राजनीतिक बिषयमा निर्माण भएको हो । फिल्ममा दयाहाङ र मिरुनाको अलवा बुद्धी तामाङ। रबिन्द्र झा लगायतको अभिनय छ ।
‘कबड्डी ४’ र ‘जारी’ जस्ता हिट फिल्म दिएका दयाहाङ र मिरुनाले यो फिल्म पनि हिट हुने अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण