दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु
बिहीबार, २८ भदौ २०८०, १३ : ४८
तुलसीपुर । दाङमा दुई महिनामा सर्पको टोकाइबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।
साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा ६–६ बालबालिकालाई सर्पले टोकेको थियो ।
सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरूष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगञ्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण