राष्ट्रियसभामा सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित
बिहीबार, २८ भदौ २०८०, १५ : ३८
काठमाडौँ । राष्ट्रिय सभाको बैठकले दिगंवत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोकप्रस्ताव पारित गरेको छ । बिहीबार दिउँसो साढे २ बजे बसेको बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो ।
५ मिनेट बसेको बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेता नेम्वाङको संक्षिप्त जीवनयात्रा प्रस्तुत गरेका थिए । त्यसपछि शोक प्रस्ताव पस्तुत गरेका थिए । सांसदहरुले हात उठाएर उक्त प्रस्तावको समर्थन गरेका थिए । नेता नेम्वाङगको गत मंगलबार राती निधन भएको थियो ।
यस्तै राष्ट्रिय सभाको बैठक असोज १२ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किसानहरूले पाए केराको उचित मूल्य
-
खुला सीमा नाकालाई सुरक्षित र प्रविधिमैत्री बनाउन गृह मन्त्रालयलाई निर्देशन
-
सरकार र सिजेपी नेताबिचको वार्ता निष्कर्षविहीन
-
स्थानीय तह पुनरवलोकनलाई वैज्ञानिक र व्यावहारिक बनाउनुपर्ने
-
क्षेत्रीय बजारमा नेपाली विद्युत् विस्तार गर्न निजी क्षेत्रको सहभागिता आवश्यक : मन्त्री श्रेष्ठ
-
इन्जिनियरिङ शिक्षातर्फ विद्यार्थीको आकर्षण बढाउन सरोकारवालासँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण