सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा सुवास नेम्वाङको निधनमा शोक प्रस्ताव पारित

बिहीबार, २८ भदौ २०८०, १५ : ३८
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । राष्ट्रिय सभाको बैठकले दिगंवत संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङप्रति शोकप्रस्ताव पारित गरेको छ । बिहीबार दिउँसो साढे २ बजे बसेको बैठकमा नेता नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्दै उठेर एक मिनेट मौन धारण गरिएको हो । 

५ मिनेट बसेको बैठकको सुरुमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेता नेम्वाङको संक्षिप्त जीवनयात्रा प्रस्तुत गरेका थिए । त्यसपछि शोक प्रस्ताव पस्तुत गरेका थिए । सांसदहरुले हात उठाएर उक्त प्रस्तावको समर्थन गरेका थिए । नेता नेम्वाङगको गत मंगलबार राती निधन भएको थियो । 

यस्तै राष्ट्रिय सभाको बैठक असोज १२ गते दिउँसो १ बजेर १ मिनेटसम्मका लागि स्थगित गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप