एक किलो सुनको लगानीकर्ता तरुण दल काभ्रेका प्रदेश कमिटी सदस्य

काठमाडौँ । दुबईबाट मलद्वारमा लुकाएर काठमाडौँ ल्याएको एक किलो सुन प्रकरणमा तरुण दलका प्रदेश कमिटी सदस्य जोडिएका छन् । भदौ २५ मा काभ्रे घर भएका बाबुलाल दोङले दुबईबाट मलद्वारमा लुकाएर सुन ल्याएका थिए ।
सुनमा नेपाली कांग्रेस निकट तरुण दल काभ्रेका प्रदेश कमिटी सदस्य विकाश लामाको संलग्नता देखिएको छ । विकाश काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–१ (क) का प्रदेश कमिटी सदस्य हुन् । उनी कांग्रेसको बागमती प्रदेश प्रतिनिधि समेत हुन् ।
बाबुलालले ल्याएको सुनमा विकाशले लगानी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।
सुन तस्करीमा संलग्न आरोपमा काभ्रेको खानीखोला गाउँपालिका–३ घर भएका बाबुलाल, रोशी गाउँपालिका–३ घर भएका जगत लामा र महाभारत गाउँपालिका–३ घर भएका ३६ वर्षीय मिङमा दोर्जे पक्राउ परेका थिए । प्रहरीले उनीहरुलाई त्रिवि भन्सार कार्यालयमा बुझाएको छ ।
आरोपीतहरुबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै बरामद सुनबारे निर्णय भएपछि ‘छुटेर जाने अवस्थामा’ उनीहरुलाई पुनः फिर्ता पठाईदिन परिसर काठमाडौंले भन्सार कार्यालयलाई पत्र लेखेको छ । सुनबारे थप अनुसन्धान गर्नुपर्ने देखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । उनले भने,‘सुन ल्याउने काम संगठित रुपमा भएको प्रारम्भिक अनुसन्धानबाट देखिएपछि थप अनुसन्धान गर्न खोजेका हौं ।’
बाबुलालको साथबाट बरामद ९ सय ६० ग्राम सुनमा तरुण दलका प्रदेश सदस्य विकाश लामाले लगानी गरेको खुलेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । सुन बरामद भएपछि विकाश फरार छन् ।
२८ वर्षीय बाबुलालले अहिलेसम्म ५ पटक दुबई गएर सुन ल्याएको बयान दिएका छन् । प्रहरीसँग उनले भनेका छन्–‘करिब ५ किलो ल्याएको छु ।’
बाबुलाल विकाश र जगत लामाले सुन तस्करी गर्न ‘भरिया’को रुपमा परिचालन गरेको खुलेको छ । सुन बरामद भएसँगै उनीहरुले सुन लिन पठाएका ६ जना भरिया दुबईमा रोकाएका छन् ।
विकाश लामा प्रदेश सभाको समानुपातिक सांसदका लागि पनि सिफारिस भएका थिए । उनी कांग्रेस बागमती प्रदेशको प्रचार प्रसार विभागको सदस्य पनि हुन् । उनी बागमती प्रदेशका खानेपानी ऊर्जा तथा जलस्रोतमन्त्री तिर्थ लामा निकट मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्खामा बल्ल धुलिखेल-साँगा सडकको कालोपत्रे
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता