कोशी प्रदेश : प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ ।
आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।
प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै प्रदेश सरकारसँग आयोगको काम कारवाहीलाई सहयोग पुर्याउन योग्य कर्मचारी छनोट र व्यवस्थापन गर्नका लागि नीतिगतरूपमा छलफल गरी अगाडि बढ्ने बताए । उनले आयोगले निष्पक्षरूपमा गरेको काम कारवाहीप्रति जनता र राज्यको विश्वास रहेको बताउँदै योग्य कर्मचारीको पदपूर्ति र व्यवस्थापनले स्थायी सरकारको स्वरूपमा बलियो जग निर्माण भएको धारणा राखे ।
आयोगका अध्यक्ष भट्टराईले सूचना प्रविधि, मुद्रण, ओएमआर प्रविधिबाट परीक्षणलगायतका पूर्वाधार निर्माणलाई व्यवस्थित गर्नुका साथै अनलाइन दरखास्त प्रणालीको विकास गरिएको जानकारी दिए । आयोगले आव २०७९/८० मा स्थानीय सरकारी सेवाका लागि २४ वटा विज्ञापनमार्फत चार सय ४० पदका लागि दुई सय ८४ पुरुष र एक सय २५ महिला गरी चार सय नौ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण