शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
पेट्रोलियम पदार्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

शुक्रबार, २९ भदौ २०८०, २१ : २८
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमले शुक्रबार  पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलको ३ रुपैयाँ मूल्यवृद्धि गरिएको छ   । मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७३ रुपैयाँ पुगेको छ ।

मूल्य समायोजनसँगै काठमाडौँ, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ८३ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर रु एक सय ७३, सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर रु एक सय ७२ र डिजेल/मट्टितेल प्रतिलिटर रु एक सय ७२ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज, धनगढी र वीरगन्जमा पेट्रोल प्रतिलिटर एक सय ८० रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर एक सय ७० रुपैयाँ ५० पैसा तोकिएको छ ।

भारतबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । आज रातिदेखि नै नयाँ मूल्य लागू हुने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 

हेर्नुहोस् निगमको विज्ञप्ति :

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप