औषधिको गुणस्तरमा सम्झौता गर्नुहुँदैन : स्वास्थ्यमन्त्री
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले औषधिको गुणस्तरमा कसैसँग सम्झौता नगर्न निर्देशन दिएका छन् । औषधि व्यवस्था विभागको समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले स्वास्थ्य सेवाको गुणस्तर मापनको केन्द्र औषधि व्यवस्था विभाग भएकाले यसले गुणस्तरमा कसैसँग पनि सम्झौता गर्न नहुने बताए ।
“स्वास्थ्य उपचार औषधिको गुणस्तरमाभर पर्छ । विभागले गुणस्तर कामय राख्न परीक्षण र अनुगमनलाई प्राथमिकतामा राखेर अगाडि बढ्नु आवश्यक छ । जनताले गुणस्तरीय औषधि पाउनुपर्छ,” उनले भने । औषधि एकदमै संवेदनशील विषय भएको भन्दै मन्त्री बस्नेतले यसमा सानो गल्तीले पनि व्यक्तिको ज्यान जोखिममापर्नेतर्फ सतर्क रहन सबैलाई अनुरोध गरे ।
मन्त्रालयका सचिव डा.रोशन पोखरेलले थोरै दरबन्दीमा पनि बढी से बढी काम गर्न सक्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै विभागको संरचना सात वटै प्रदेशमा लैजान अब ढिलाइ गर्न नहुने बताए ।
विभागका महानिर्देशक नारायण ढकालले विभागले आफ्नो क्षमताअनुसार औषधिको गुणस्तर सुधार, अनुगमन र परीक्षणका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै जनशक्ति अभावमा थोरै औषधिको नमुना मात्र परीक्षण गर्न सकिएको बताए । उनले औषधि प्रयोगशालमा जनशक्ति अभावकै कारण सोचअनुसार काम गर्न नसकेको बताए ।
उनले संरचना स्थानीय तहसम्म पुर्याउन नसक्दा फार्मेसीको अनुगमन प्रभावकारी हुन नसकेको बताए । उनले प्रादेशिकस्तरमा समेत औषधि परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण