चेली चिन्तन
जन्म कहाँ भयो, को थिए तिम्रा आफ्ना
हामीलाई तिम्रो इतिहाससँग भन्दा पनि
तिमीबाट पाउने सेवासँग सरोकार छ
भन्दै नरभक्षी समाज र कुसंस्कार करायो ।
अथाह दर्द होस् तिमीलाई, कुनै चेष्टा हुँदैन त्यहाँ
भुलिदेऊ तिम्रो ममताको आँगन, आफन्त भन्छ
तर रात दिन फेरि आफ्ना सन्तानलाई,
मेरो ममताको ऋण चुकाऊ भन्दै उपदेश दिन्छ ।
त्यसैले त अपरिचित अनुहार, त्यो पराई घर
सबै बटुवासँग तिमीले आफ्नो जीवन साट्नु छ
लाखौँ पटक जलेर पनि तिम्रो आँसुसँग
देखावटी मुस्कानका साथ हाँसो बाट्नु छ,
हजारौँ पटक आत्मसम्मान गुमाएर बाँच्नु छ ।
हुने छैन कोही आफ्ना, लाखौँ कोसिस गरे पनि
बन्ने छैनन् कोही आफन्त, जुनी भरी सेवा गरे पनि
साना, ठुला, आफन्त घरका सबैलाई ख्याल गर्नु,
दुःख पर्दा तिमीलाई कसैलाई केही नसुनाउनु ।
पाखा बारी, रुख बिरुवा, जनावर सबै हेर्नुपर्छ
बूढो शरीरमा के के भयो, सबै जिम्मा लिनुपर्छ
के खान्छन्, के मन पराउँछन्, सबै बुझिराख्नु
तीतो वचन आयो भने अमृत सम्झी सहजै पिउनुपर्छ ।
दुष्ट आफन्त आए भने, उधिन्ने छन् तिम्रा घाउहरू
हरदम प्रयास गर्नेछन् तिम्रो हाँसो छिन्ने दाउहरू
सक्नुपर्छ उनीहरूलाई आफन्त बनाउन त
कुल्चनु पर्छ पैसामा इज्जत र संस्कार किन्ने पाउहरू ।
पालेको कुकुरले बुझ्ला बरु, तिम्रा मनका पीडा
सबैजना जान्ने सुन्ने, सबै ठुला बडा
ज्येष्ठ सदस्यलाई सम्मान गर्नु, मान गर्नु सधैँ
तिनैबाट तिरस्कार भए नभन्नु कैले कतै ।।
पराई घरमा, चट्टान सरी बनाऊ आफूलाई पनि
मन जित, कुर्लिँदै गर्छन् कालो ओकल्नेहरू पनि
उठ्छन् छिमेकी, आफन्त सबै तिमीलाई बनाउन लाचार
नहार्नु दुष्टसँग कहिल्यै, नडराउनु आफन्तसँग पनि ।
जो आफूले गर्न नसक्ने काम अरूले गर्दा जल्दछन्
दिनदहाडै परलोक पुगेसरी ईर्ष्या ओकल्दछन्
दुःखमा नबोल्ने, दुःख नसुन्ने अनि दुःख नदेख्नेहरू पनि
तिम्रो धैर्यको अगाडि सहजै बुझ्न सक्ने हुनेछन् ।
जब तिम्रा पाइलाहरू आत्मनिर्भर बन्न थाल्नेछन्
हरदम रिसाएकाहरू पनि मुस्कुराउने छन्
बिना कारण जहिल्यै गाली दिनेहरूलाई नियालेर हेर
एकदिन तिमीसँग याचनाको भिख माग्नेछन् ।
भक्तपुर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण