आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीको अमेरिका भ्रमण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने विषयमा केन्द्रित हुन्छ : प्रवक्ता सापकोटा

शनिबार, ३० भदौ २०८०, १५ : ०२
शनिबार, ३० भदौ २०८०

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउनुको विकल्प नरहेको बताएका छन् ।. शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्  । 

प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे ।  

‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुंगोमा पुरयाउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया शुरु भइसकेपछि चारवटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो । तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो, अरु काम भइसके । तर पनि यसलाई निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न बाँकी छ । त्यो घोषणा गर्न नदिन विभिन्न खेलहरु भइरहेका छन् । विभिन्न समस्या आइरहेका छन्’ सापकोटाले भने,  ‘यसलाई निष्कर्षमा पुर्याउन मुख्य राष्ट्रिय परिस्थिति नै अनुकुल बनाउनुपर्छ । त्यसमा अन्तर्राष्ट्रिय समुदायको पनि धेरै महत्वपूर्ण भूमिका हुन्छ । यसकारण उहाँले यहाँ गर्नुपर्ने कामको प्रतिवद्धता जनाउनुहुनेछ ।’ 

सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए ।

खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर शान्ति प्रक्रिया टुंगो लगाउने प्रयास भइरहेको उनको भनाई छ । 

‘हामीले मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर प्रधानमन्त्रीले विश्व समुदायलाई अपिल गर्नुहुनेछ । यसलाई निष्कर्षमा पुर्याउन र टुंगोमा पुग्यो भनेर घोषणा गर्नका लागि तपाईहरुको सहयोग चाहिन्छ भनेर अपिल गर्नुहुनेछ’ प्रवक्ता सापकोटाले भने, ‘प्रधानमन्त्रीज्युले सबैभन्दा धेरै समय यसमै खर्च गर्नुभएको छ । खासगरी तीन दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा एमाले र अन्य सबै दलहरुसँग सहमति गरेर जाने कोशिष भइरहको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनुको विकल्प छैन ।’

माओवादीले सरकारले थालेका भ्रष्टाचार विरुद्धको अभियान, मिटरब्याजीलाई कारबाही गर्ने, सुन प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालुवाटार जग्गा प्रकरणका विषयहरु टुंगोमा पुर्याउन दबाब समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप