अरनिको हाइवेमा सडक दुर्घटनामा परी अनेरास्ववियु सिन्धुपाल्चोकका दुई नेताको मृत्यु
शनिबार, ३० भदौ २०८०, १७ : ०६
१
काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको सुकुटेमा भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
शनिवार दिउँसो १ बजे सुकुटेको घुम्ने भन्ने स्थानमा पेट्रोल ट्याङ्कर र मोटरसाइकल आपसमा ठोकिँदा अनेरास्ववियु सिन्धुपाल्चोक सह–संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ घाइते भएका थिए । दुर्घटनापछि उपचारका लागि धुलिखेल अस्पताल ल्याइएकोमा सोही अस्पतालमा उनीहरूको निधन भएको प्रहरीले जनाएको हो ।
खाडीचौरबाट काठमाडौँ आउँदै गरेको ना ८ ख ३७५ नम्बरको पेट्रोल ट्याङ्कर र खाडीचौरतर्फ गइरहेको प्रदेश २ ०३१प ५९७६ नम्बरको मोटरसाइकल आपसमा ठोकिएर दुर्घटना भएको प्रहरी कार्यालय बलेफीले जानकारी दिएको छ । ट्याङ्कर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभाबाट पारित भयो विनियोजन विधेयक
-
दुर्गा प्रसाईंसहितको आपराधिक उपद्रव मुद्दा पेस गर्न आदेश
-
रोनाल्डोको जादु चलेन, क्रोएसियामाथि इङ्ल्यान्ड हाबी, मेक्सिको र कोरिया नि ?
-
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न मन्त्रालयद्वारा हटलाइन नम्बर सञ्चालन
-
रामकृष्णको सांगीतिक प्रस्तुतिसँगै अमेरिकामा ‘मालती मंगले’को प्रदर्शन
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण