‘सिंघम अगेन’को सुटिङ सुरु
मुम्बई । अजय देवगनको चलचित्र ‘सिंघम अगेन’को सुटिङ सुरु भएको छ । फिल्मको मुहूर्तको अवसरमा निर्देशक रोहित शेट्टी, अजय देवगन र रणवीर सिंह उपस्थित थिए । ‘कप यूनिभर्स’ अन्तरगत रोहितको यो पाँचौँ चलचित्र हुनेछ ।
सन् २०११ मा पहिलोपटक सिंघम रिलिज भएको थियो । त्यसपछि सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी आएको थियो । १२ वर्षअघि सिंघम बनाउँदा एकदिन यसले यस्तो व्यापक रूप लिने भन्ने बारेमा आफूले कल्पना पनि नगरेको रोहितले बताए ।
चलचित्रमा प्रमुख भूमिकामा रहेका अजय देवगनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१२ वर्ष अघि हामीले भारतीय सिनेमाको सबैभन्दा ठुलो कप यूनिभर्स दियौँ । तपाईंको माया र सहयोगले सिंघम परिवार अझै ठुलो बन्दै गयो । आज हामी यो फ्रेन्चाइजीलाई सिंघम अगेनबाट अगाडि लैजान लागेका छौँ ।’
उता सूर्यवंशीका अभिनेता अक्षय कुमारले शुभकामना दिँदै आफू त्यहाँ उपस्थित हुन नपाएकोमा दुःख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘म यसबेला देशमा छैन । त्यहाँ हुन नपाउँदा मिस गरिरहेको छु । तर, मेरो जोसमा कमी आएको छैन । तपाईं सबैलाई सेटमा भेट्न उत्साहित छु । तपाईंहरु सबैलाई शुभकामना । जय महाकाल ।’
सिम्बा अर्थात् रणवीर सिंहले पनि रोहित शेट्टीको कप यूनिभर्समा आफ्नो लोकप्रिय भूमिका निभाउन आफू तयार रहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण