डाक्टर कुटपिट घटनाबारे सरकार र आन्दोलनरत चिकित्सकबीच वार्ता जारी
काठमाडौँ । डाक्टरमाथि भएको आक्रमणको विरोधमा आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच छलफल जारी छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव विकास देवकोटाको संयोजकत्वमा वार्ता भइरहेको छ ।
सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मन्त्रालयका सहसचिव रहेका छन् ।
नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्की, महासचिव डा सञ्जिव तिवारी लगायत रहेका छन् ।
भदौ २७ गते मकवानपुरको हेटौँडामा सन्चो अस्पतालका डाक्टर विकास थापा र डा प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो ।
नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन दवाव दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।
संघले देशभरका ओपिडी सेवा बन्द गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार नै ५ सदस्यीय वार्ता समिति बताएका थिए। उक्त समितिले अहिले वार्ता जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण