माइक्रो बसले अटो रिक्सालाई ठक्कर दिँदा बालकको मृत्यु
आइतबार, ३१ भदौ २०८०, १५ : ४५
बुटवल । दाङमाको तुलसीपुरमा माइक्रो बसले अटो रिक्सालाई ठक्कर एक जनाको मृत्यु भएको छ ।
नेपालगन्जबाट रुकुमतर्फ जाँदै गरेको लु २ ख ५९१८ नम्बरको माइक्रो बसले रा १ ह ४४५९ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार तुलसीपुर उपमहानगरपालिका –६ गोलौराका १३ वर्षका दामोदर भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान ठक्करबाट गम्भीर घाइते भएका भण्डारीको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी ठाकुरप्रसाद पोखरेलले दुर्घटनामा अटो चालकसहित अन्य चार जना बालिका घाइते भएको जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
-
चेक रिपब्लिकलाई पहिलो हाफमा १–० को अग्रता
-
राष्ट्रिय परिचयपत्र आफैँले डाउनलोड गर्न सकिने
-
कङ्गोमा ८०८ जनामा इबोलाको सङ्क्रमण पुष्टि, मृत्यु हुनेको सङ्ख्या १९२ पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण