५० हजार मेट्रिक टन चिनी, १० लाख मेट्रिक टन धान बिक्री गर्न भारतलाई नेपालको पत्राचार

काठमाडौँ । सरकारले चाडपर्वका बेला चिनी तथा खाद्यवस्तुको अभाव हुन नदिन भारतसँग खरिदका लागि पत्राचार गरेको छ । चाडपर्वका बेला चिनीको माग बढी हुने भएकोले भारत सरकारसँग ५० हजार मेट्रिक टन चिनी खरिदका लागि पत्राचार गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले जानकारी गराएका छन् ।
आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै खरिद प्रक्रिया अघि बढेको बताएका हुन् ।
भारतसँग चिनीका साथै चामल १ लाख मेट्रिक टन र धान १० लाख मेट्रिक टन खरिदका लागि पत्राचार गरेको जानकारी दिए । चामल भन्दा धान खरिद गर्दा नेपालका राइस मिलहरूमा रोजगारी बढ्ने भएकोले चामलभन्दा धेरै धान मागिएको उनले बताए ।
भारतले जी–२० सम्मेलनका कारण नेपालले गरेको पत्राचारको बारेमा हेर्न नपाइएको भन्ने अनौपचारिक जानकारी दिएको उनले बताए । सचिव मरासिनीले भने– ‘हामीले ५० हजार मेट्रिक टन चिनी, १ लाख मेट्रिक टन चामल र १० लाख मेट्रिक टन धान खरिदका लागि भारतलाई पत्राचार गरेका छौँ । त्यसको औपचारिक जवाफ कुरिरहेका छौँ । समयमा उपलब्ध गराउनका लागि हामीले ताकेता पनि गरिरहेका छौँ ।’
यस्तै बजारमा मूल्य नियन्त्रण गर्नका लागि भारतसँग खरिद गर्ने खाद्यवस्तुको भन्सार कर छुट गराउनका लागि प्रयास गरेको बताए । २० प्रतिशत भन्सार महसुल छुटमा १० हजार मेट्रिक टन साल्ट टेडिङले र १० हजार मेट्रिक टन खाद्य व्यवस्था कम्पनीले खरिद गर्ने सहमति भएको जानकारी दिए ।
२० प्रतिशत भन्सार छुट गरेर चिनी खरिद गरेर ल्याउँदा प्रतिकिलोमा १२ रुपैयाँ सस्तो पर्ने उनले बताए । यसले गर्दा बजारलाई सन्तुलन गराउन सहयोग पुग्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिगको उपाधि भिडन्त इन्टर मिलान र पीएसजीबीच
-
आज कुन देशको मुद्राको मूल्य कति ?
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो