शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्र बैंकको रिपोर्ट

सुध्रियो अर्थतन्त्र : आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा

आइतबार, ३१ भदौ २०८०, २३ : ३९
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आइतबार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।  

अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो भने चालु खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो । 

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप