सुध्रियो अर्थतन्त्र : आर्थिक वर्षको पहिलो महिना शोधनान्तर स्थिति र चालू खाता दुवै बचतमा
काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना मुलुकको शोधनान्तर स्थिति र चालु खाता दुवै बचतमा गएको छ । आइतबार चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गर्दै केन्द्रीय बैंकले शोधनान्तर स्थिति ३२ अर्ब ९० करोड रुपैयाँ र चालु खाता १२ अर्ब ९९ करोड रुपैयाँ बचतमा रहेको देखाएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो शोधनान्तर स्थिति १९ अर्ब ७६ करोड रुपैयाँले घाटामा गएको थियो भने चालु खाता १५ अर्ब १३ करोड रुपैयाँ घाटामा थियो ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६५.९ प्रतिशतले कमी आई रु.२७ करोड २६ लाख कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ६५ करोड रुपैयाँले धनात्मक रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर८० करोड ३ लाख रुपैयाँ कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४० करोड रुपैयाँ ऋणात्मक रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण