भोलि ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाइँदै
काठमाडौँ । ‘विज्ञान साक्षरता र उद्यमशीलता सबल अर्थतन्त्रको आधारशिला’ भन्ने नाराका साथ ११ औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागिएको छ । असोज १ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन लागेको हो ।
नेपालमा विज्ञान शिक्षामा अग्रणी अमृत साइन्स क्याम्पसको स्थापना दिवसको अवसर पारेर विज्ञान दिवस मनाउन लागिएको हो ।
राष्ट्रिय विज्ञान दिवस प्राध्यापक, वैज्ञानिक, अनुसन्धानकर्ता, नवप्रवर्तक, उद्यमी, शिक्षक तथा विद्यार्थी लगायत विज्ञान प्रविधि प्रेमी सबैमा उत्साहको दिन रहेको मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयका सह–सचिव विश्वबाबु पुडाशैनीले यो वर्ष विज्ञान प्रविधि तथा नवप्रब्रवर्तन प्रवर्द्धन गर्ने धेरै संघ/संस्थाहरुले विभिन्न कार्यक्रमहरु गरेर दिवस मनाउन लागेको बताए । शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुडाशैनीले दिवसको सम्पूर्ण तयारी पुरा भएको र बिहान ८ः३० बजेदेखि राष्ट्रिय प्रकृति संरक्षण कोषको हलमा कार्यक्रम गरिने बताए ।
उक्त कार्यक्रममा नवप्रवर्तन प्रणालीको बारेमा प्राविधिक सत्र समेत रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण