बैंकहरुले साउनमा मात्र १ खर्ब ४५ अर्ब तरलता सुविधा लिए
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले साउनमा मात्र १ खर्ब ४५ अर्ब रुपैयाँ बराबरको तरलता सुविधा लिएको केन्द्रीय बैंकले जनाएको छ ।
समीक्षा अवधिमा राष्ट्र बैंकले प्रवाह गर्ने स्थायी तरलता सुविधामार्फत १ अर्ब २० करोड र ओभरनाइट तरलता सुविधामार्फत १ खर्ब ४४ अर्ब ७० करोड गरी कूल १ खर्ब ४५ अर्ब ९० करोड (कारोबारमा आधारित) तरलता उपयोग गरेको बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा खुला बजार र स्थायी तरलता सुविधा लगायतका विभिन्न उपकरणहरु मार्फत खुद ८ खर्ब ६४ अर्ब ९ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो ।
समीक्षा अवधिमा केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर ४६ करोड ३७ लाख खुद खरिद गरी ६१ अर्ब २२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर ३१ करोड ९२ लाख खुद खरिद गरी ४० अर्ब ५३ करोड रुपैयाँ तरलता प्रवाह गरिएको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर २४ करोड बिक्री गरी ३१ अर्ब ६७ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ४२ करोड बिक्री गरी रु.५३ अर्ब ४४ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण