न्यायाधीश नियुक्तिमा अझै विवाद
काठमाडौँ । सर्वोच्च, उच्च र जिल्ला अदालतमा रिक्त न्यायाधीश नियुक्ति सिफारिसका लागि बसेको न्यायपरिषद्को बैठक सरुवाको निर्णय गर्नमै सीमित बनेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठक न्यायाधीश नियुक्ति गर्न असमर्थ बनेको हो ।
न्यायाधीश नियुक्ति सधैँभरि विवादको विषय बन्दै आएको छ । शनिबारको बैठकमा पनि परिषद् सदस्यहरूबीच विवाद हुँदा न्यायाधीश नियुक्ति सिफारिस हुन नसकेको परिषद् सचिवालयले जनाएको छ । बैठकले उच्च अदालतका सात न्यायाधीश र जिल्ला अदालतका पाँच न्यायाधीशलाई सरुवा गर्ने निर्णय गरेको हो ।
उच्चमा मुख्य न्यायाधीशसहित ३५, सर्वोच्चमा ६ र जिल्लामा ३८ न्यायाधीशको पद रिक्त छ । यसअघि शुक्रबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालतका लागि २७ न्यायाधीशका नाम सिफारिस गरेको थियो । जिल्ला न्यायाधीशमा एकजना मात्र उत्तीर्ण जिल्ला अदालतमा रिक्त ३८ न्यायाधीशको पदका लागि लिइएको परीक्षामा एकजना मात्रै उत्तीर्ण भएका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण