दरबारमार्गमा नयाँ रुपमा फर्कियो केएफसी
काठमाडौँ । केएफसी नेपालको दरबारमार्ग स्टोर पुनः सञ्चालनमा आएको छ । आधुनिक तथा रमणीय वातावरण सहित ग्राहकलाई खानाको उत्कृष्ट अनुभूति दिलाउने उद्देश्यले केएफसीको दरबारमार्गस्थित स्टोर निर्माणपश्चात सञ्चालनमा ल्याइएको जनाइएको छ ।
दरबारमार्ग शाखा नेपालमा खुलेको केएफसीको पहिलो स्टोर हो । सन् २००९ को नोभेम्बर २५ मा दरबारमार्गस्थित केएफसी स्टोरको सञ्चालनसँगै नेपालमा केएफसी ब्राण्डको प्रवेश भएको थियो ।
यसैबीच केएफसी नेपालले बहुप्रतिक्षित डबल डाउन बर्गर (अल चिकेन–नो बन) नेपालभरी आफ्नो स्टोरहरूमा उपलब्ध गराउन सुरु गर्ने भएको छ । नेपालमा पर्वहरुको यामलाई लक्षित गर्दै पुनः डबल डाउन बर्गर ग्राहकहरु समक्ष पूराउने निर्णय केएफसीले गरेको छ ।
केएफसी दरबारमार्गको पुनः उद्घाटन ग्राहकहरुलाई उनीहरुको मनपर्ने केएफसी परिकारको आनन्द लिनसक्ने आरामदायक र आमन्त्रिण वातावरण प्रदान गर्ने आफ्नो निरन्तरको प्रयासमा एक महत्वपूर्ण कदम भएको केएफसी नेपालले उल्लेख गरेको छ ।
आउँदो चाडपर्वको अवसरमा केएफसी नेपालले ५२९ रुपैयामा डबल डाउन बर्गर ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण