बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् प्रभावकारी काम नगर्ने एन्टिबायोटिक सम्मिश्रण १०३ प्रकारका औषधि

सोमबार, ०१ असोज २०८०, १४ : ०९
सोमबार, ०१ असोज २०८०

काठमाडौँ । औषधि व्यवस्था विभागले १०३ प्रकारका प्रति जैविक (एन्टिबायोटिक) औषधिको प्रयोगलाई निषेध गरेको छ ।

विभागले सोमबार उपचारमा प्रभावकारी नदेखिएका औषधिको सूची प्रकाशन गरी जानकारी दिएको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालकाद्वारा जारी सूचनामा प्रति जैविक औषधिको सम्मिश्रण र सो औषधिहरूको सम्मिश्रण उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।

विभागले १०३  प्रकारका प्रति जैविक मौज्दात औषधिहरूको व्यवस्थापन तथा बिक्री गर्न ६ महिनाको समय तोकेको सूचनामा उल्लेख गरिएको छ ।

यी औषधिका सम्मिश्रणहरू प्रभावकारी नभएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।   

ausadhi1ausadhi2ausadhi3

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप