यी हुन् प्रभावकारी काम नगर्ने एन्टिबायोटिक सम्मिश्रण १०३ प्रकारका औषधि
सोमबार, ०१ असोज २०८०, १४ : ०९
काठमाडौँ । औषधि व्यवस्था विभागले १०३ प्रकारका प्रति जैविक (एन्टिबायोटिक) औषधिको प्रयोगलाई निषेध गरेको छ ।
विभागले सोमबार उपचारमा प्रभावकारी नदेखिएका औषधिको सूची प्रकाशन गरी जानकारी दिएको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकालकाद्वारा जारी सूचनामा प्रति जैविक औषधिको सम्मिश्रण र सो औषधिहरूको सम्मिश्रण उत्पादन तथा आयातलाई प्रतिबन्ध लगाइएको उल्लेख गरिएको छ ।
विभागले १०३ प्रकारका प्रति जैविक मौज्दात औषधिहरूको व्यवस्थापन तथा बिक्री गर्न ६ महिनाको समय तोकेको सूचनामा उल्लेख गरिएको छ ।
यी औषधिका सम्मिश्रणहरू प्रभावकारी नभएको तथ्य विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनमा उल्लेख गरिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण