नेप्से सूचक ४ अंकले बढेर १९ सय ६९ को बिन्दुमा
काठमाडौँ । साताको दोस्रो कारोबारको दिन नेप्से सूचक ४.२६ अंकले बढेर १९ सय ६९.१८ को बिन्दुमा उक्लिएको छ । अघिल्लो दिन नेप्से सूचक ४२ अंकमाथिले घटेको थियो । असोज महिनाको पहिलो दिन समेत रहेको आज नेप्से सूचकमा सामान्य वृद्धि भए पनि यता कारोबार भने घट्न पुगेको छ ।
नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज ४ अंकले नेप्से सूचक बढ्दै गर्दा यता जम्मा ८७ करोड ४ लाख ४४ हजार रुपैयाँ बराबरको २८ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ ।
आज बैैंकिङ समूहको उपसूचक बाहेक १२ वटा उपसूचक धनात्मक भएका छन् । सबैजसो उपसूचक १ प्रतिशत कमले बढ्दै गर्दा बैंकिङ समूहको उपसूचक ०.४० प्रतिशतले घट्न पुगेको छ भने ट्रेडिङ समूहको उपसूचक १.६० प्रतिशतले बढेको छ ।
आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने शिवम् पावर लिमिटेड सेयर मूल्य ९.९९ प्रतिशतले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण