‘नाडा अटो शो’मा ५०० भन्दा बढी टाटा टियागो इभीको बुकिङ
काठमाडौँ । नेपालका लागि टाटा मोर्टसको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोमा ५०० भन्दा बढी टाटा टियागो इभीको बुकिङ गरेको छ । कम्पनीका अनुसार टाटा टियागो इभी, टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
विशेषतः सुरुवाती मूल्य रु २१.९९ लाखमा नेपाली बजारमा सार्बजनिक गरिएको टियागो इभीको अटो शोको ६ दिनमा ५०० भन्दा बढी बुकिङ्ग भएको कम्पनीले जनाएको छ । साथै नाडा अटो शोमा नै लन्च गरिएको टाटा नेक्सन इभी एक्स जेड प्लस र टाटा पन्चको बुकिङ्ग पनि उल्लेखनीय रहेको छ ।
सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले अटो पारखीमा टाटा मोटर्सका गाडीहरुमा आकर्षण देखिएको बताए । “नाडा अटो शोमा जुन प्रकारको उत्साह सर्वसाधारण अटो पारखीले टाटा मोटर्सका गाडीहरुमा देखाउनुभयो, त्यसले हामीमा थप उर्जा थपिदिनुभएको छ । साथै जुन हिसाबले टाटा मोटर्सका गाडीहरुप्रति चासो मात्र नभएर बुकिङ्ग पनि गरिदिनु भएको छ, त्यसले हामीले नेपाली जनताको चाहअनुसारको गाडीहरु ल्याउन सफल भएको महसुस गरेका छौ । र भविष्यमा पनि बजारको माग अनुसारको गाडीहरु नेपालमा भित्रयाउने दृढ़ संकल्प लिएका छौँ’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण