अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख नहुने
सोमबार, ०१ असोज २०८०, २१ : ३०
काठमाडौँ । गृह मन्त्रालयबाट जारी 'प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका' आज राजपत्रमा प्रकाशित भएको छ । जारी निर्देशिका अनुसार अब चारित्रिक प्रमाणपत्र लिने व्यक्तिको अभियोग वा कसुर चारित्रिक प्रमाणपत्रमा उल्लेख हुने छैन ।
साथै अनलाइन आवेदन दिएको पाँच कार्यदिनभित्रै प्रमाणपत्र पाउने कुरा समेत निर्देशिकामा उल्लेख छ।
कुनै फौजदारी अभियोगमा सफाइ पाएको, मुद्दा चलिरहेको, मुद्दा विचाराधीन रहेको, मुद्दा फिर्ता लिइएको वा कसुर भुक्तान भैसकेको भएपनि अभियोग वा कसुर उल्लेख नगरी चारित्रिक प्रमाणपत्र दिइने निर्देशिकामा उल्लेख छ ।
यसअघि अभियोगमा मुद्दा चलिरहेको वा कसुर भुक्तान गरिसकेको भएपनि प्रमाणपत्रमा अभियोग वा कसुरको विषय उल्लेख हुँदा धेरै नागरिकलाई मर्का परेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तान विस्फोट : चिनियाँ राष्ट्रपति स्तब्ध
-
झापामा लागु औषधसहित २ युवायुवती पक्राउ
-
प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच
-
खोलाले बगाएको जीप भेटियो, एक मृत फेला, दुई अझै बेपत्ता
-
गोरखा अस्पतालको स्तरोन्नति प्रदेश सरकारको प्राथामिकता : मुख्यमन्त्री पाण्डे
-
पचास लाख बराबरको बेवारिसे कपडा राजस्वको नियन्त्रणमा