मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

हाथवे इन्भेस्टमेन्टको आईपीओ बाँडफाँड, ११ लाखको हात खाली !

मङ्गलबार, ०२ असोज २०८०, १३ : १८
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौं । आज मंगलबार हाथवे इन्भेस्टमेन्ट नेपालको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ । इन्भेष्टको सेयर निष्कासक तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो ।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म आईपीओ बिक्री खुला गरेको थियो । कम्पनीले उक्त अवधिमा ५० रुपैयाँ अङ्कित मूल्यमा २४ लाख २७ हजार ७५० कित्ता सेयर बिक्री खुलाएको थियो । यसमा १२ लाख ७० हजार ९९१ जनाको आवेदन परेको थियो ।

उक्त आवेदनमध्ये १२ लाख ६७ हजार ७०९ आवेदन स्वीकृत भएको थियो । मागभन्दा बढी आवेदन परेकाले बिक्री प्रबन्धकले गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँड गर्दा १ लाख २१ हजार ३८७ जनाले प्रतिव्यक्ति १० कित्ताका दरले आईपीओ पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप