संविधान दिवसको अवसरमा अन्तर बैंक फुटसल
काठमाडौँ । नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिको आयोजनामा अन्तर बैंक फुटसल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगिता संविधान दिवसको अवसरमा आयोजना गर्न लागिएको समितिले जनाएको छ ।
प्रतियोगिता असोज ३ देखि ६ गतेसम्म सञ्चालन हुनेछ । काठमाडौँको हाँडीगाउँस्थित धनयन्तरी फुटसल हवमा सञ्चालन हुने प्रतियोगितामा बैंक तथा वित्तिय संस्थाका ५७ वटा टोलीको सहभागिता रहने बताइएको छ ।
प्रतियोगितामा पुरुषतर्फ ३७ र महिलातर्फ २० वटा टोलीले सहभागिता जनाउने छन् । ‘सवल संस्थाका लागि स्वस्थ्य कर्मचारी, स्वस्थ्य कर्मचारीका लागि खेलकुद’ भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगिताको मुख्य प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक रहेको छ ।
प्रतियोगिताको सह—प्रायोजकमा माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक, नविल बैंक, प्रभु बैंक, हिमालयन बैंक, मुक्तिनाथ विकास बैंक र आईसीएफसी फाइनान्स रहेका छन् ।
प्रतियोगिताका लागि ओम हस्पिटल एन्ड रिसर्च सेन्टरले मेडिकल सपोर्ट उपलब्ध गराएको जानकारी आयोजक समितिले दिएको छ । प्रतियोगिताको क्वार्टरफाइनलदेखिका खेलहरु गोलनेपालडटकमबाट प्रत्यक्ष प्रसारण गरिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण