बालेनविरुद्ध राष्ट्रिय सभागृह अगाडि ७७ घण्टा उभिने अभियन्ता ईःको घोषणा
मङ्गलबार, ०२ असोज २०८०, १४ : ५३
काठमाडौँ । काठमाडौँ महानगरपालिका र मेयर बालेन शाहविरुद्ध आफूलाई ‘ईः’ नामले चिनाउने अभियन्ता इशान श्रेष्ठले आन्दोलन थालेका छन् । उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।
मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताएका छन् । चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।
फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग उनले राख्दै आएका छन् । सोहीअनुसार उनीलगायतको अगुवाइमा यसअघि ‘गरिबको चमेली बोल्दिने कोही छैन’ ब्यानरमा महानगरपालिकाविरुद्ध प्रदर्शन गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकामा लोकसेवा तयारी कक्षा सुरु
-
ताइवानको संसदमा मुक्का हानाहान, पाँच सांसद अस्पताल भर्ना
-
विकट चेपाङ बस्तीमा पुग्यो बिजुली
-
अटिजम भएका विद्यार्थीलाई पढाउने शिक्षकलाई शिक्षण अनुमति पत्र आवश्यक छः मन्त्री श्रेष्ठ
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित