शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

शेखर कोइराला समूहको बैठक विशालनगरमा सुरु

मङ्गलबार, ०२ असोज २०८०, १५ : ००
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली कांग्रेसको शेखर कोइराला समूहको बैठक राजधानीको विशालनगरमा सुरु भएको छ । बैठकमा महामन्त्री गगन थापासहित उपसभापति धनराज गुरुङलगायतको सहभागिता रहेको छ ।

बैठकमा निम्ता गरिएका महामन्त्री विश्व प्रकाश शर्मा, नेता प्रदीप पौडेल भने सहभागी छैनन् । कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो समूहको बैठक बोलाएका हुन् । 

असोज ४ गते बस्ने केन्द्रीय समिति बैठकमा सामूहिक रूपमा प्रस्तुत हुन कोइरालाले आफू पक्षको बैठक बोलाएका बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप