संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : सिटौला
काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताए ।
मंगलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क समेत गरे ।
तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्याएको बताए । उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि त्यसलाई शान्त ढङ्गले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाई थियो ।
नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण