बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनमा दलहरू चुकेका छन् : सिटौला

मङ्गलबार, ०२ असोज २०८०, १५ : २२
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनमा दलहरू चुकेको बताएका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका सिटौलाले संविधानको मुलमर्म कार्यान्वयनमा ढिलाइ भइरहेको बताए ।

मंगलवार एमालेले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै उनले संविधान जारी भएयता दलहरुबीचको समझदारी टुटेकाले संविधान कार्यान्वयनमा ढिलाइ हुन गएको तर्क समेत गरे ।

तत्कालीन माओवादीलाई शान्ति वार्तामा ल्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिटौलाले नेम्वाङले नेपालको संविधान निर्माणमा अतुलनीय योगदान पुर्‍याएको बताए । उनले संविधान जारी हुन नदिनका लागि अनेकौँ दबाब आएपनि त्यसलाई शान्त ढङ्गले प्रतिरोध गर्दै नेम्वाङले संविधान जारी गर्न अत्यन्तै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । माओवादी शान्ति वार्तामा आएपछि पनि अन्तरिम संविधान निर्माणमा नेम्वाङको भूमिका नेतृत्वदायी रहेको उनको भनाई थियो ।

नेता सिटौलाले नेम्वाङको संयोजनकारी, समन्वयकारी भूमिका संविधान कार्यान्वयनमा पनि आवश्यक हुँदाहुँदै उनको निधन हुनु मुलुकका लागि अपूरणीय क्षति भएको समेत बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप