बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

होन्डा एलिभेट सार्वजनिक, ८ भेरियन्टमा उपलब्ध एसयूभीको शुरुवाती मूल्य ५६ लाख ३५ हजार

मङ्गलबार, ०२ असोज २०८०, १७ : ५३
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेपाली बजारमा होन्डाको एसयूभी एलिभेटसार्वजनिक भएको छ । होन्डाका लागि नेपालको आधिकारिक बिक्रेता ज्योति ग्रुप अन्तर्गतको स्याकार ट्रेडिङले एलिभेटलाई नेपाली बजारमा भित्र्याएको हो । 

विभिन्न ८ भेरियन्टमा उपलब्ध आकर्षक एलिभेटलाई मंगलबार एक समारोहकाबीच कम्पनीले सार्वजनिक गरेको हो । कम्पनीले एलिभेटको शुरुवाती मूल्य एसभी एमटए भेरियन्टको ५६ लाख ३५ हजार रुपैयाँ तोकेको छ । सोही मोडलको हाई भेरियन्ट जेडएक्स सीभीटी (डीटी) को मूल्य ७९ लाख ४४ हजार रुपैयाँ कायम गरिएको कम्पनीले बताएको छ ।

honda (2)

यस्तै भी एमटीको मूल्य ६० लाख ३५ हजार, भीएक्स म्यानुअल भेरियन्टको मूल्य ६६ लाख ९५ हजार, जेडएक्स एमटीको मूल्य ७३ लाख ४४ हजार, भी सीभीटीको मूल्य ६५ लाख ७० हजार, भीएक्स सीभीटीको मूल्य ७१ लाख ९५ हजार र  जेडएक्स सीभीटीको मूल्य ७८ लाख ७० हजार कम्पनीले तोकेको छ ।

१.५ लिटर आइभीटेक पेट्रोल इन्जिनमा उपलब्ध एलिभेट नेचुरल एस्पीरेटेडका साथमा फोर सिलिण्डरमा आएको छ । उक्त इन्जिनले अधिकतम १२१ हर्स पावर तथा १४५ न्यूटन मिटर टर्क जेनेरेट गर्ने कम्पनीको भनाइ छ ।

सिभीटी अटोमेटिकसहित६ स्पीड म्यानुअल गियरबक्समा उपलब्ध होन्डा एलिभेट २२० एमएमको उच्च ग्राउन्ड क्लियरेन्समा आएको छ । जुन नेपाली सडक सुहाउँदो रहेको कम्पनीको भनाइ छ । कम्पनीले सन् २०२६ सम्ममा एलिभेटलाई हाइब्रिड र प्योर इलेक्ट्रीक भर्सनमा समेत ल्याउने घोषणा गरेको छ ।

honda (3)

होन्डा एलिभेटको लम्बाई ४३१२ एमएम, चौडाई १७९० एमएम, उचाई १६५० एमएमको रहेको छ । यसमा २६५० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

एलिभेटमा एलइडी डीआरएल सहितको फुल एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी टर्न इन्डिकेटर तथा रियर एलइडी लाइट्स पाउन सकिन्छ । होन्डाले एलिभेटमा सिङ्गल प्यानल सनरुफ दिएको छ । ‘प्रोगेसिभ एण्ड प्रोटेक्टीभ’ कन्सेप्टमा आधारित एलिभेटको इन्टेरियरमा ठूलो साइजको हेडरुम, लेग तथा नि रुम दिइएको छ । यसको डोर र ड्यासबोर्डमा सफ्ट टच मेटेरियलको प्रयोग गरिएको छ ।

सुरक्षाको लागि होन्डा सेन्सिङ एडास फिचर रहेको छ । जस अन्तर्गत फ्रन्ट कोलीजन वार्निङ, ब्रेक असिस्ट, एडप्टीभ क्रुज कन्ट्रोल, लेन डिपाचर वार्निङ, लेन किप असिस्ट जस्ता फिचर उपलब्ध छन् ।

यसका अलावा रियर पार्किङ सेन्सर, मल्टी एङ्गल रियर भ्यू क्यामरा, हिल स्टार्ट एसिस्ट, लेनवाच क्यामरा, आइएसओ फिक्स रियर सिटको साथमा गाडीमा ६ वटा एयरब्याग उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ ।

honda (4)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप